September 9, 2026

दाङको तुलसीपुर स्थित ग्रेट अरनीको इङ्लिस सेकेन्डरी स्कुलले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

स्कुल सञ्चालक समितिका अध्यक्ष मान बहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय परीक्षा बोर्डका कार्यालय प्रमुख कमल प्रसाद अर्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि अर्यालले विद्यार्थीहरुले अनुशासित भएर शिक्षण सिकाई गर्नुपर्ने बताएका थिए । अबको विद्यार्थीहरु नै मुलुक सञ्चालन गर्ने चावी हातमा हुने भन्दै सक्षम र दक्ष जनशक्ति उत्पादन हुने गरि पढ्नु पर्ने बताए ।

विशिष्ट अतिथि प्याब्सन तुलसीपुर नगर समिति अध्यक्ष डम्बर डाँगीले शिक्षकले दिएको ज्ञानलाई मिहिनेतका साथ आत्मसात गर्न विद्यार्थीहरुलाई सुझाब दिए ।

अवसरमा ग्रेट अरनीकोका पूर्वविद्यार्थी तथा ‘मकै बारी दराम दराम– हरिया काँक्रा कर्याम’ करर्‍याम का कलाकार सन्दिप सेन्चुरी र एमटी महरलगायतले आफ्नो प्रस्तुतीले विद्यार्थीहरुलाई मनोरन्जन दिएका थिए, भने विद्यार्थीहरुले पनि बिभिन्न पहिचानयुक्त कलाहरु प्रस्ततु गरेका थिए ।

कार्यक्रममा प्रिन्सिपल विष्णु प्रसाद देवकोटा, दोघरे मावि प्रिन्सिपल सुनिता यादव, विद्यार्थी कृतिका भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सहायक प्रधानाध्यापक कमल प्रकाश शर्माको स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम निर्देशक नेत्रलाल भट्टराईले गरेका थिए । ६ सय बढि विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *