July 12, 2026

oplus_256

अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको १६ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष केशव सापकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि गिरीले अमृतपुर खानेपानीमा सर्वसम्मत गर्न अनुरोध गरेका छन् । उनले सामाजिक संघसंस्थामा निर्वाचन गर्नु राम्रो नहुँने बताए

संस्थाका सचिव दशरथ वलीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष केशवराज वलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन दाङका प्रमुख तिलक न्यौपाने, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष खेमराज वली, महासंघका सल्लाहकार चोक प्रसाद धिताल, तुलसीपुर उपमहानगरपालिका –८ का वडा अध्यक्ष धर्मराज वली, ९ का वडा अध्यक्ष घनश्याम ढकाल, ३ का वडा अध्यक्ष विजय बिक, नेकपा एमाले तुलसीपुरका अध्यक्ष रुप बहादुर खत्री, नेपाली काँग्रेसका डम्बर पुरी, नेकपा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष मोहन थापा, रास्वपाका बलिराम खत्री, नेपाल कम्युनिष्ट पार्टीका मेघराज पाण्डे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम, अमृतपुर खानेपानीका सल्लाहकार किरण केसी, स्वास्थ्य अभियन्ता डा. किशोर खत्री, उपभोक्ता मुक्ति न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । साधारणसभामा असल कर्मचारी निमा थापा डाँगी, असल पार्षद् मंगल बिक, सिता परियार, चन्द्रकली तिवारी, डिल्ली बहादुर कामी, जम बहादुर मल्ललाई सम्मान गरिएको थियो ।

त्यसैगरी नियमित पानीको महसुल बुझाउने मनवीर खत्री, मैना टावेटालाई पनि सम्मान गरिएको थियो । साधारणसभापछि बस्ने बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *