July 12, 2026

दाङको तुलसीपुर ६ स्थित डिभाइन टेम्पल एकेडेमीमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरिएको छ । लमहीमा रहेको सिद्धार्थ होटेल ( ग्रीन लुम्बिनीमा ) कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने देउखुरी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष केशवराज पोख्रेल र नेसनल प्याब्सन दाङका सल्लाहकार तथा ऐरावती बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवालीको विशिष्ट अतिथिता रहेको थियो। अतिथिहरुमा नेशनल प्याब्सन तुलसीपुर नगर अध्यक्ष लोकेन्द्र खड्का र डिभाइन एजुकेसन फाउन्डेसनका सल्लाहकार रिमबहादुर खड्का लगाएत रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शिक्षा विकास तथा समन्वय इकाइ दाङका प्रमुख देवमणि चौधरीले विद्यार्थी जीवनलाई भविष्य निर्माणको आधारभूत चरण भन्दै अनुशासन, मेहनत र समयको सदुपयोग गर्न सुझाव दिनुभयो । आजको पुस्ताले गुणस्तरीय शिक्षा हासिल गरेर समाज र राष्ट्र विकासमा योगदान दिन पुस्तकको ज्ञानसँगै व्यवहारिक सीप पनि उतिकै महत्त्वपूर्ण हुने उहाले बताउनुभयो ।

विशिष्ट अतिथि देउखुरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष केशवराज पोख्रेलले शिक्षा र व्यवसायबीचको सम्बन्धलाई जोड्दै अहिलेको युग प्रतिस्पर्धात्मक भएकाले विद्यार्थीले पढाइसँगै व्यावहारिक ज्ञानमा ध्यान दिनुपर्ने बताउनुभयो । पढाइ संगै जीवन उपयोगी सीप र सञ्जाल निर्माणमा ध्यान दिनुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै बिशिस्ट अतिथि नेशनल प्याब्सन दाङका सल्लाहकार विक्रान्त ज्ञवालीले नयाँ पुस्ताले सिर्जनशीलता र अनुसन्धानात्मक सोच विकसित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पढाइलाई केवल परीक्षामा सीमित नगरी, नयाँ आविष्कार र नवप्रवर्तनतर्फ अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा डिभाइन एजुकेसन फाउन्डेसनका सिइओ भोजराज न्यौपानेले विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीलाई नेतृत्व क्षमता, सामाजिक मूल्य र व्यावसायिक दक्षता विकास गर्ने दिशामा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले डिभाइन टेम्पल एकेडेमीले सदैव गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको बताउनुभयो । विद्यार्थीलाई पुस्तकमै सीमित नराखी जीवनमा आत्मनिर्भर र सक्षम बनाउन निरन्तर प्रयास रहने उहाले बताउनुभयो ।

विद्यार्थीहरूले गीत, कविता, गजल, र नृत्य प्रस्तुत गर्दै नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेका थिए ।
त्यस्तै गायक सन्दिप सेन्चुरी र मोडल सर्मिला के सी को नृत्यमा विद्यार्थीहरु झुमेका थिए ।
डिभाइन टेम्पल एकेडेमीकी संस्कृत तथा योग प्रशिक्षक शिक्षिका माधवा शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक पुर्ण के सी ले गर्नुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *