July 12, 2026

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय कोलोनी रूपन्देहीमा आबद्ध सदस्य फुलमाया वि क को मिति २०८२ असार ३२ गते ४७ वर्षको उमेरमा असामयिक निधन भएकोले रूपन्देही जिल्ला सैना मैना नगरपालिका वडा न. ९ का वडा अध्यक्ष श्री भानुभक्त पाण्डेयको प्रमुख आतिथ्यमा मृतककी बुहारी माया विकलाई कर्जा बीमा र क्रिया खर्च बापत रु ४५२५०० रुपैयाँ हस्तान्तरण गर्यो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष भानुभक्त पाण्डेयले स्वः फुलमाया वि क को मृत आत्माको चिरशान्तिको कामना र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीयले सदस्यहरू लाई कर्जा लगानी मात्र नगरेर ऋणको जोखिम पनि बहन गर्ने गरि लगानी गर्नुभएकोमा संस्थालाई धन्यवाद दिँदै परिवारलाई उक्त प्राप्त रकम स्वः फुलमाया वि क को अधुरा काम तथा सपना साकार पारिदिनुहुन सुझाव दिनुभयो । त्यसै गरि वडा सदस्य देवीमाया बलालले केही व्यक्तिले लघुवित्त वित्तीय संस्थाले डुबायो डुबायो भन्ने सुनेको थिएँ । डुबाएको भए आज फुलमाया वि क को मृत्यु हुँदा यसरी कार्यक्रम गरेर रकम हस्तातरण गर्ने थिएन भन्दै आज सम्म कुनै संस्थाले यसरी कार्यक्रम गरेर ऋण मिनाहा गरेको आफूलाई थाहा नभएको बताउनु भयो । कार्यक्रममा सैना मैना नगरपालिका वडा नं ९ का अन्य सदस्यहरू विष्णु कुमारी विश्वकर्मा, तुलसी प्रसाद रिजाल, जन ज्योति टोल विकास संस्थाका अध्यक्ष बुद्धि नाथ पौडेलले म यो टोलमा बसेको १० वर्ष भयो आज सम्म कुनै पनि संस्थाले यस्तो कार्यक्रम गरेको थाहा छैन् भन्दै यसरी आफ्नो सदस्यको मृत्यु हुँदा कर्जा रकम मिनाहा तथा किया खर्च प्रदान गरेकोमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिनुभयो ।
कार्यक्रमको उद्देश्य र संस्थाको बारेमा प्रकाश पार्दै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका सञ्चालन कार्यालय कोलोनीका सञ्चालन अधिकृत टोप बहादुर सुनारले २०७५ साल देखि जनचेतना बैङ्किङ समुदायमा आबद्ध भई बचत तथा कर्जा कारोबार गरिरहनुभएकी स्वः फुलमाया वि कले संस्था बाट कर्जा लिएर व्यवसाय गर्न कोसिस गर्दा विभिन्न समस्या आई परेको र त्यसमा संस्थाले सहजिकरण गर्दै गर्दा अल्पआयुमा नै निधन भएकोले दुख लागेको बताउनु भयो । उहाँले स्वः फुलमाया वि क लाई कर्जा लगानी गर्दा सिटिजन लाइफ इन्सुरेन्स र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स सँग बिमा गरेको र त्यस बापत निजको मृत्यु हुँदा कर्जा बिमा सहित क्रिया खर्च बापतको रकम रु ४५२५०० रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । यसै गरि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यलाई धितो वा विना धितो सामूहिक जमानीमा कर्जा लगानी र बचत कारोबार सँगै सिप विकास तालिम प्रदान, व्यवसाय प्रबर्द्धन, रैथाने सीप कलाको प्रबर्द्धन गर्दै उद्यमी तथा व्यवसायी बनाई सक्षम आत्मनिभर गराउने बताउनु भयो । ग्राहक सदस्यले संस्था बाट कर्जा लिदा कर्जा बिमा गरि जोखिम बहन गरिने भएकोले कर्जा लिई व्यवसाय गर्ने क्रममा ऋणी वा निजको श्रीमानको कालगति वा दुर्घटना बाट मृत्यु भएमा तिर्न बाँकी कर्जा मिलान र क्रिया खर्च रकम परिवारलाई हस्तान्तर गर्ने व्यवस्थाले भैपरि आउने मृत्युजन्य घटनाले परिवारमा ऋण तिर्नु पर्ने बोझ नहुने र राहत मिल्ने बताउनु भयो । कार्यक्रममा बैङ्किङ समुदाय सदस्यहरु, स्थानिय बासिन्दा र कर्मचारी सहित १८ जनाको उपस्थिती रहेको कार्यक्रम शाखा सञ्चालन अधिकृत त्रिभुवन पराजुलीले सञ्चालन गर्नुभएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *