July 14, 2026

असोज२५

रोल्पाको माडि गाउपालिका वडा नं ४ आरुवा भन्ने स्थानको रीजाबाङ घर्तिगाउ भित्री सडक खण्डमा रिजाबाङ बाट घर्तिगाँउ तर्फ आउदै गरेको लु १ ज ४५८० नं को जिप दुर्घटना भएको हो । जिप दुर्घटना भएको सूचना पाएलगतै इलाका प्रहरी कार्यालयका प्र.नि.देब सिंह भण्डारीको नेतृत्वमा ९ जनाको टोलि घटना स्थलमा पुगेको थियो ।

जिप बाटो भन्दा ६५ मिटर तल खसेको प्रहरी बताएको छ । गाडिमा ३ जना सवार रहेको भन्ने बुझिएको र सवार मध्य जिल्ला रोल्पा माडि गाउपालिका वडा नं ४ खस्रेडाँडा बस्ने भिउसन डाँगीका छोरा बर्ष २५ का अर्जुन डाँगि घाईते भएका थिए ।

उनको घर्तिगाँउ स्थित स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी रोल्पा अस्पताल रेउघामा पठाइएको र आज विहान २ बजेर २० मा चेकजाँच गर्ने क्रममा डाक्टर ले घाईते डाँगिलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृतक डाँगीको शव पोष्टमार्टम गर्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहित कुमार शाहीले बताएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *