July 14, 2026

असोज २५

रोल्पाको रुन्टीगढी गाउँपालिका ९ होलेरीको होटल कोहिनूरबाट जुवा खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय होलेरीले ९ जनालाई नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी रोहित कुमार शाहीका अनुसार होलेरीस्थित होटल कोहिनुरमा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिको कमाण्डमा-१० जनाको टोलि खटिएर जुवातास खेलिरहेको अबस्थामा ५ गड्डी तास,९१ हजार ६ सय १५ रुपैयाँ नगदसहित ९ जना मानिस लाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा रुन्टिगढी गाउँपालिका-७ बस्ने बर्ष ३२ को होम बहादुर यरी,७ कै बर्ष ३० को गिरिराज रावत ७ नं वडाकै बस्ने बर्ष २९ को नरेश रोका,बर्ष २८ को दुर्गा बहादुर पुन, बर्ष २५ को दुर्गा बहादुर पुन,बर्ष २९ को सन्तोष चलाउने,बर्ष ३६ को शंकर बुढा मगर,वडा नं ९ बस्ने बर्ष ३६ को भेक बहादुर बस्नेत र बर्ष ४९ को बिर बहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले पक्राउ पर्नेहरुका नामावली सार्वजनिक गरेको छ। उनीहरु विरुद्ध मुद्दा चलाइने तयारी रहेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सरोज प्रजापतिले होलेरी खबरलाई जानकारी दिएका छन्।

यस अघि ३ बर्ष पहिले ईलाका प्रहरी कार्यालय होलेरीको प्रमुखका रुपमा प्रहरी निरीक्षक शंकर खड्का आउँदा पुर्ण रुपले नियन्त्रित रहेको जुवातास उनको सरुवा भएपछि चल्न थालेको थियो।जुवातासकै कारण होलेरीमा २ बर्ष अघि ३ जना घाइते हुने गरि कुटपिटओ घटना समेत घटेको थियो।

हाल ईलाका प्रहरी कार्यालय होलेरीको प्रमुखको रुपमा प्रहरी निरीक्षक सरोज प्रजापति आएको एक साता भित्रै जुवातास सहित मानीस नियन्त्रणमा लिएका हुन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *