July 10, 2026

तुलसीपुर, २ श्रावन ।  पछिल्लो समय दाङको तुलसीपुर आसपासका क्षेत्रमा झ्याप–झ्याप बत्ति जाने समस्या रहेकोप्रति एमाले तुलसीपुर नगर कमिटिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नगर कमिटिको आयोजनामा आज गएको एमालेका नेताहरुको टोलीले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरलाई ध्यानाकर्षण पत्र बुझाउदै विद्युत सेवा नियमित गराउन माग गरेको छ । नगर कमिटिका सचिव रुप बहादुर खत्रीद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा अघोसित लोडसेडिङले गर्दा तुलसीपुर क्षेत्रका नागरिकले धेरै सास्ती पाएको उल्लेख गरिएको छ । कम भोल्टेजको विद्युत आपुर्तीले विद्युतिय उपकरणहरु नचल्दा आम नागरिकलगाएत तुलसीपुर क्षेत्रका व्यवसायी, उद्योगीहरुले ठुलो आर्थीक क्षेती व्यहोर्नु परेको जनगुनासो प्रति एमाले तुलसीपुर नगर कमिटिको गम्भिर ध्यानाकर्षण भएको भन्दै तत्काल यो समस्या समाधान गर्न माग गरिएको हो । जनताको गुनासो सुन्नु र समस्या समाधानमा पहल गर्नु पार्टीको प्रमुख दायीत्व भएकाले आज विद्युत प्राधिकरणलाई विद्युत सेवा नियमितका लागी ध्यानाकर्षण पत्र बुझाएको सचिव खत्रीले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले सक्ने जती समस्या आफुले समाधान गर्ने बताउनुभएको छ । झ्याप–झ्याप बत्ती जाने समस्या भने तुलसीपुरबाट नभएर माथीबाट नै हुने भएकाले समाधानमा कठिनाई भएको उहाँले बताउनुभयो । यसले गर्दा आफु पनि आजित भइसकेको भन्दै प्रमुख गोशलीले अन्य तुलसीपुर वितरण केन्द्रबाट भने समस्या आउन नदिने गरी काम गरिरहेको बताउनुभयो । लामो समय लाइन काट्नु परेमा सूचना जारी गरिएको र छोटो समयमै हुने कामका लागी भने सूचना जारी गर्न आवश्यक नभएको उहाँको भनाई छ । २४सैं घण्टा विद्युत आपुर्तीका लागी अझै धेरै लगानीको आवश्यकता पर्ने भएकाले यसमा राजनितिक दलहरुबाट समेत सहयोग हुनुपर्ने उहाँले बताउनुभयो । सो अवसरमा एमाले लुम्बिनी प्रदेश कमिटिका उपसचिव पुर्ण बुढा, प्रदेश कमिटका सदस्य बिनोद शर्मा, जिल्ला सचिव श्याम डाँगी, उपसचिव भुवनेश्वर पौडेल, जिल्ला कमिटिका सदस्यहरु, पत्रकारलगाएतको सहभागिता रहेको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *