दाङ,३१ असार । कर्णाली प्रदेशमा भोली साउन १ गते सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिइएको बताएको छ ।
