July 10, 2026

तुलसीपुर, २९ असार ।  दाङको तुलसीपुरमा जंगली च्याउ खादा फेरी एकजना विरामी परेका छन् । तुलसीपुर–४ खाद्रेका ५३ वर्षीय देबेन्द्र बकरी आफैले जंगलबाट ल्याएको जंगली च्याउ खाएर विरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज बेलुका साढे ५ बजेको समयमा आफैले खाजेर ल्याएको च्याउ पकाएर खादा देबेन्द्र विरामी पर्नुभएको हो । घाइतेको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *