July 8, 2026

दाङको तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलले आज तुलसीपुरस्थित मेट्रो होटेलमा “ओरिन्टेसन तथा मोटिभेसनल कार्यक्रम” भव्य रूपमा सम्पन्न गरेको छ। 

विद्यार्थीहरूलाई अनुशासन, सकारात्मक सोच तथा शैक्षिक सफलताप्रति प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले गर्नुभएको थियो भने प्रमुख अतिथि एवं प्रमुख प्रशिक्षकका रूपमा रविन्द्र बस्नेतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सभापति तथा प्रधानाध्यापक ओलीले कार्यक्रमको उद्देश्य, विद्यार्थीहरूले पालन गर्नुपर्ने आचारसंहिता, अनुशासन तथा विद्यालयको शैक्षिक लक्ष्यबारे प्रकाश पार्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई मेहनत, सकारात्मक सोच र जिम्मेवार व्यवहारमार्फत सफल भविष्य निर्माण गर्न प्रेरित गर्नुभयो।

प्रमुख प्रशिक्षक रविन्द्र बस्नेतले विद्यार्थीहरूलाई जीवनमा सफलता हासिल गर्न आत्मविश्वास, समय व्यवस्थापन, निरन्तर अभ्यास तथा लक्ष्यप्रतिको समर्पण आवश्यक रहने बताउनुभयो। उहाँले प्रेरणादायी भनाइमार्फत विद्यार्थीहरूलाई अध्ययनप्रति थप उत्साहित बनाउनु भएको थियो।

विद्यालयका एकेडेमिक हेड तिलक डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण  विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाँले गर्नुभएको थियो।

 विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै शिक्षाप्रतिको रुचि र जिम्मेवारी भावना विकास हुने विश्वास व्यक्त गरेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *