July 9, 2026

दाङको तुलसीपुरस्थित मालपोत कार्यालयले आइतबार बिचौलिया पक्राउ अभियान चलाउँदा ८ जना भू–व्यवसायी पक्राउ परे। प्रारम्भिक अनुसन्धानमा कुनै प्रमाण नपरेपछि प्रहरीले उनीहरूलाई साँझमा छोडेको छ।
यस क्रममा कार्यालयबाट दुई जना सेवाग्राहीलाई समेत बिचौलिया भनेर पक्राउ गरिएको थियो, जसलाई आधा घण्टाभित्र नै छोडिएको थियो। पक्राउ पर्नेमा सेवकराम आचार्य, निमकान्त लामिछाने, अरुण चौधरी, रामबहादुर चौधरी, विनिराम बस्नेत, प्रदिप कुमार रेग्मी, प्रमोद अधिकारी र माधव भण्डारी रहेका छन्।
भू–व्यवसाय संघका अध्यक्ष विनोद न्यौपानेले भने, “सरकारले अनुमति दिएर व्यवसायमा लागेका व्यक्तिहरूलाई यसरी हस्तक्षेप गर्नु गलत हो। आफ्नो अधिकार भित्र रहेर काम गर्दा पनि यस्तो कार्रवाई अस्वीकार्य छ।”

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *