September 11, 2026

oplus_288

कृष्ण अधिकारी दाङको तुलसीपुरबाट गत असोज २३ गते राति चोरी भएको मोटरसाइकल झाडीमा फेला परेको छ।

तुलसीपुरस्थित टीभीएस (TVS) शोरुमको दक्षिण पट्टिको फिल्डबाट करिब राति ९ देखि १० बजेको बीचमा रा.३ प. ३२११ नम्बरको निलो–कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो। उक्त मोटरसाइकल तुलसीपुर–६ रजौराका गणेश लामिछानेको नाममा दर्ता रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी सूर्य रानाले जानकारी दिएका छन्।

चोरी भएको छ दिनपछि, असोज २९ गते इलाका प्रहरी कार्यालय तुलसीपुरका सहायक निरीक्षक प्रकाश भण्डारीको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकल तुलसीपुर यातायात कार्यालय नजिकै ट्रायल स्थलबाट केही पर झाडीमा फालिएको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार मोटरसाइकलमा कुनै विशेष क्षति देखिएको छैन र अवस्था सामान्य रहेको छ। आज बिहान सो मोटरसाइकल मालिक गणेश लामिछानेलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

मोटरसाइकल कसले चोरेको हो र झाडीमा किन फालिएको भन्ने विषयमा हालसम्म स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *