July 13, 2026

अल्पायुमै श्रीमान् गुमाएर आफना सन्तानको भविष्य बनाउने जिम्मेवारी बोकेकी माया सार्कीलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गार्डियन माईक्रो लाईफ इसुरेन्स मार्फत कर्जा बिमा दावी रकम बापत रु २ लाख ५० हजार कर्जा मिनाह सहित रु १५,००० क्रिया खर्च प्रदान गरेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा संचालन कार्यालय हार्थोक द्धारा सञ्चालीत लालीगुँरास बैंकिङ्ग समुदायमा आबद्ध भइ कर्जा परिचालन बाट व्यवसाय गरिरहनु भएको थियो । निजको श्रीमान रमेश सार्कीको मिति २०८२ साउन १८ गते ३३ बर्षको अल्पआयुमै असामयिक निधन भएकोले संस्थाको इलाका संचालन कार्यालय कोलोनीका इलाका संचालन अधिकृत टोप बहादुर सुनार रिब्दीकोट गाउँपालिका वडा न. ०५ बतासे मृतकको घरमै पुगेर स्व.रमेश सार्कीको मृतआत्माको चिरशान्तिको कामना र परिवारजनमा गहिरो समवेदना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गरि कर्जा विमा र काजक्रिया बापतको रकम मृतककीे श्रीमती माया सार्कीलाई हस्तान्तरण गर्नुभयो ।
इलाका संचलान अधिकृत सुनारले जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यहरुलाई कर्जा र बचत कारोवार सँगै व्यवसाय सिप विकास तालिम प्रदान, ग्राहक संरक्षण कोष मार्पmत सेवा सुविधा उपलब्ध, समाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम संचालन र भविष्यमा आईपर्ने जोखिम बहनको व्यवस्था गर्दै, विना धितो वा धितोमा सामुहिक जमानीमा कर्जा लगानी गरि रैथाने सिप, कलाको प्रबद्र्धन गर्दै उद्यमी र व्यवसायी बनार्ई सक्षम आत्मनिभर गराउने उद्देश्य रहेको बताउनु भयो ।

संस्था बाट कर्जा लिई व्यवसाय गर्ने क्रममा ऋणीको मृत्यु भएमा परिवारमा ऋणको बोझ नहोस् र केही राहत मिलोस भनि कर्जा लगानी गर्दा विमा गरिने भएकोले ऋणीको कालगति वा दुर्घटना बाट मृत्यू भएमा तिर्न बाँकी कर्जा मिलान गरि बाँकी रकम परिवारलाई हस्तान्तर गर्ने व्यवस्थाले भैपरि आउने मृत्यूजन्य घटनामा मृतकको परिवारलाई राहत मिलेको बताउनु भयो । बैंकिङ्गग समुदाय सदस्यहरु, स्थानीय बसिन्दा, कर्मचारीहरु सहित करिब १२ जनाको उपस्थिती रहेको कार्यक्रममा शाखा संचालन कार्यालय हार्थोकका शाखा संचालन अधिकृत दिनेश नेपालीले संचालन गर्नुभएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *