July 13, 2026

दाङ । नेकपा (माओवादी केन्द्र) दाङ जिल्लामा पछिल्लो समय आन्तरिक विवाद सतहमा आएको छ । जिल्लामा पार्टी नेतृत्व चयन देखि, जिल्ला इन्चार्ज देखि जिल्ला पदाधिकारी कमिटि बनाउदा, सम्मेलनहरुमा निर्वाचनबाट हारेकाहरुलाई बढुवा गरि उपुल्लो कमिटिमा राख्दा,नेपाल संस्कृत विश्वविद्यालेमा बिद्यार्थीहरुले गरिरहेको आन्दोलनमा पार्टीले अनावश्यक हस्तक्षप गर्दा देखि स्ववियु निर्वाचनमा माओवादी केन्द्र जिल्ला सचिवको रहोबरमा अस्वभाविक भागबन्डा गरेपछि माओवादी केन्द्र दाङमा विवाद छताछुल्ल भएको घोराहीका एक नेताले बताएका छन् ।

ति नेताका अनुसार, नेकपा माओवादी केन्द्र दाङमा धेरै अगाडीदेखि नै आफुलाई संस्थापन बताउने नेताहरु आफ्नो वरिपरि रहनेलाई मात्रै पार्टी जिम्मेवारीमा स्पेस दिने र भातृसंगठनहरुमा पनि अनावश्यक हस्तक्षेप गर्ने गरेको बताए ।

यसैगरी नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर तुलसीपुरका अध्यक्ष टेकराज भण्डारीले सामाजिक संजालमा जिल्ला इन्चार्ज र सचिवलाई राजनैतिक गम्भीर आरोपहरु लगाएर सामाजिक संजाल फेसबुकमा खुल्ला पत्र लेखेका छन् । उनले लेखेका छन् , भातृसंगठनलाई विभाजित गर्ने , एकैघरका दाजुभाई जिल्ला नेतृत्वमा रहने, तामसी भोजन गरेर पार्टी नेताका बिरुद्द जालिगलौज गर्दै सामाजिक संजाल रंग्याउने, फरक पार्टीका नेताहरुले पार्टी छोड्दै गर्दा दुख मनाउने भन्दै गम्भीर आरोप लगाएका छन् । उनले थपेका छन् बेलैमा समस्याको समाधान खोजि मार्ग प्रसस्त गर्दा राम्रो होला ।

हेर्नुहोस अध्यक्ष टेकराज भण्डारीको खुल्ला पत्र:

सुरु गरौँ तपाईँले बनाएको भूमिगत सम्झौताबाट!

=)गत पुस १२ गतेदेखि माओवादी निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाउँदै आन्दोलन थालेका थिए। उनीहरूले विश्वविद्यालयमा भइरहेको कथित अनियमितता रोक्न, दोषीलाई कारबाही गर्न र आवश्यक पूर्वाधार निर्माणको माग गरेका थिए। फागुनदेखि त अनुसन्धान केन्द्रसमेत तालाबन्दीमा पर्‍यो। आन्दोलनका बावजुद विश्वविद्यालयको पठनपाठन भने चलिरहेको थियो। तर, विद्यार्थीहरू आन्दोलनमा दृढ रहँदा वार्ता र छलफलबाट समाधान निकाल्न विश्वविद्यालय प्रशासन असफल देखियो ।

इन्चार्ज ज्यू” तपाईँलाई त्यस्तो के आइपर्यो ? दुई दिनमै चमत्कार देखाइदिनु भयो ! सम्झौतालाई भूमिगत बनाउनुभयो । विद्यार्थीको आन्दोलनलाई तुहाउनु भयो । पार्टी निर्माण, संगठन निर्माण र विद्यार्थीको आन्दोलन हित सम्झौता गर्नबाट पछि हट्नुभयो। अन्तत: तपाईँ झुक्नुभयो ! यदि पार्टी निर्माण, संगठन निर्माण र विद्यार्थीको आन्दोलन हित तपाईँले सम्झौता गर्न सक्नुभएको थियो भने अहिलेसम्म त्यसलाई किन भूमिगत बनाउनुभयो ? तपाईँको यो हर्कतले अखिल क्रान्तिकारी लगायत थुप्रै भातृ संगठनहरूलाई दुई भागमा विभाजन गर्नुभयो । तपाईंमाथि ठूलो आशंका भयो। कुन स्वार्थले तपाईँले सम्झौता गर्नुभयो?

=)दाइ इन्चार्ज भाइ सचिव
तपाईँ दुई भाई कार्यकारी पदमा ! के दाङ जिल्ला भरि यो पार्टीमा तपाईँ दुई भाई भन्दा बढी त्याग, तपस्या बलिदान गरेका कोही छैनन् ? के तपाईँ दुई भाई भन्दा नेतृत्व गर्न सक्षम कोही छैनन् ? तपाईँहरूभन्दा धेरै यो पार्टीमा त्याग, तपस्या बलिदान गरेका छन्। तपाईँहरूभन्दा कैयौँ गुना नेतृत्व गर्न लायक सक्षम छन्।

=)पार्टीको विधान पद्धति विपरीत हर्कत
तपाईँ दुई भाईले पार्टीको विधान पद्धति मान्नुपर्दैन? कि अरु सोझा, साझ कार्यकर्ताहरूलाई मात्रै लागू हुन्छ र ? नगर कमिटीमा चुनाव हारेकाहरूलाई , जिल्ला, प्रदेश कमिटीमा पुर्याउनु भयो । चुनाव जितेको भन्दा चुनाव हारेकोलाई ठूलो मान्छे बनाइदिनु भयो। यो त पार्टीको विधान एकातिर तपाईँ दुई भाई एकातिर भएन र ? जिल्लाको सचिव, प्रदेश कमिटी सदस्य त्यतिले मात्रै नपुगेपछि प्रदेश कमिटी सचिवालय सदस्य यति भएपछि अहिले पुग्या जस्तो छ !

अनि अर्को कुरा, तपाईँ लगायत थुप्रै नेता कार्यकर्ताहरूलाई लागेको होला। किन सामाजिक सञ्जालमा लेखेको? सामाजिक सञ्जालमा लेख्न तपाईँले नै सिकाउनु भएको हो । पार्टीको उपाध्यक्ष, उपमहासचिवलाई सामाजिक सञ्जालमा घामड, स्टनबाजी लेख्नुभयो । त्यसो किन लेखेको भनेर सोध्दा त तामासी खाएर रे ! एमालेबाट ८०, ९० जनाले पार्टी छाडेको घोषणा गर्छन्। तपाईं भ्रम हो भन्दै हिड्नु हुन्छ ! त्यति गरेपछि एमालेले भ्रम हो भनेर हिड्नु परेनन्, सजिलो बनाई दिनु भयो । बेलैमा सोची समस्याको समाधान खोजी, मार्ग प्र.. गर्दा राम्रो होला इन्चार्ज र सचिव ज्यु !!

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *