July 13, 2026

हाम्रो तुल्सिपुर सम्बादाता

दाङ, ७ असार

 माओवादी केन्द्रको सहायक संगठन योंग कम्युनिष्ट लिंग(वाइसिएल)का केन्द्रीय अध्यक्ष पुष्प वलीले हरेक विपद्मा वाईसिएल अगाडी लाग्ने बताएका छन् ।
प्रेस सेन्टर तुलसीपुर उपमहानगर शाखाले शनिबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वलीले वाढी पहिरो, डुवान, आगलागीलगायतका विपदमा उद्दारको नेतृत्व वाइसिएलले गर्ने बताएका हुन् ।

“जहाँ विपद् हुन्छ, वाईसिल अगाडी लाग्छ, वाइसिएलकै नेतृत्वमा उद्दार हुन्छ”,उनले भने“जहाँ अफ्टेरो पर्छ, त्यहाँ वाइसिएल हुन्छ, समस्यामा वाईसिएल छ है भन्ने हामी छाप दिन चहान्छौं ।”
उनले सबै प्रकारका विपद्मा उद्दारकालागि तालिम दिएरै टिम खटाउने तयारी गरेको समेत उनले बताए ।

साथै उनले समाजमा हुने हरेक नकारात्मक कुरालाई अन्त्य गर्ने गरि कार्यक्रम अघि बढाउने समेत उनले बताए ।“

समाजमा नकारात्मकता छ, युवामा लागु औषध दुव्र्यसनी छ, युवामा अराजक गतिबिधि छन्”,उनले भने“यसलाई पनि अन्त्य गर्ने गरि तयारी गरेका छौं ।”

उनले वाईसिएलका हरेक तहका नेता तथा कार्यकता आत्मनिर्भर हुने समेत बताए ।

सबै उत्पादनमा जोडिने र पार्टीलाई त्यही मार्गमा हिडाउने समेत उनको भनाई छ ।

उनले समाजलाई परिबर्तनको बाटोमा लैजाने समेत उनले बताए ।
त्यस अवसरमा प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका सचिब दिपक बोहराले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रेस सेन्टर तुलसीपुर शाखाका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य प्रकाश केसीले गरेका थिए ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *