July 13, 2026

दाङ,१८ जेठ । दाङकाे घाेराहीमा रहेकाे कलश बचत तथा ऋण सहकारी संस्था र समानता बचत तथा ऋण सहकारी संस्था गढवाविच सहकारीका सवालमा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा उत्कृष्ट काम गर्दै आएका सहकारीको अवलोकन गर्ने उदेश्यले आएकाे समानता सहकारीले आज घाेराहीकाे कलश बचत तथा ऋण सहकारी संस्थामा गरेकाे अवलोकनका क्रममा यस्ताे कार्यक्रम भएकाे हाे ।

कलशका अध्यक्ष माधव खनालकाे अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक दाङका प्रमुख प्रदिप अर्यालकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा दुवै संस्थाले गरेका राम्रा काम र चुनाैतिका वारेमा छलफल भएको थियाे । साे क्रममा बाेल्ने सहकारीकर्मिहरूले सवै सहकारीहरूविच सहकार्यकाे अवस्था भएमा संभावना खाेजि गर्न र चुनाैतिकाे सामना गर्न सकिने बताएका छन् ।

कलशले बचत तथा ऋणकाे मात्र नभएर सहकारी पसल समेत सञ्चालन गरेकाले समानतामा आवद्ध सदस्यहरूले उत्पादन गरेकाे वस्तु कलश सहकारी पसलमा ल्याएर बिक्री गर्न सकेमा दुवै सहकारीले फाइदा लिन लिन सक्ने बक्ताहरूले बताएका छन् ।

कार्यक्रममा कलशका अध्यक्ष माधव खनालले सहकारीले स्थानीय उत्पादनकाे प्रयाेगमा समेत भूमिका खेल्ने भएकाले जिल्लाका किशानले उत्पादन गरेका कृषि उपज सामानकाे बजारीकरण गर्न कलशले भूमिका खेल्दै आएकाे जानकारी दिनुभएको थियाे ।

साे छलफल कार्यक्रममा समानता सहकारी बचत तथा ऋण सहकारी संस्थाकाे वारेमा अध्यक्ष बेगम गहतराज,कलश बचत तथा ऋण सहकारीको बचत तथा ऋणका वारेमा व्यवस्थापक प्रकाश अधिकारी र सहकारी पसलका वारेमा कमल थपलियाले जानकारी गराउनुभएकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दाङका प्रमुख प्रदिप अर्याल,समानता बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार अशाेक कुमार यादव लगायले मन्तव्य व्यक्त गर्नुभएको थियाे ।

कार्यक्रमकाे सञ्चालन कलशका सचिव विमल याेगीले गर्नुभएको थियाे ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *