{"data":{"pictureId":"27b697ea86334cecaaf9935c303026ae","appversion":"2.5.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","exportType":"image_export","editType":"image_edit"},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","client_key":"aw889s25wozf8s7e","picture_template_id":""}"}
दाङ, ३ जेठ । राष्ट्रिय युवा सङ्घ तुलसीपुर ५ नम्बर वडाको आयोजनामा यही मिति २०८२ जेठ १६ र १७ गते मदन भण्डारी स्मृति फुटसल प्रतियोगिता हुन् लागेको छ ।
रचनात्मक कार्यक्रम मार्फत युवाहरूको नेतृत्वमा समाजलाई एकरुपता गराउनुका साथै स्थानीय खेलाडीहरूलाई परिचित र स्थापित गर्ने उद्देश्यले उक्त फुटसल प्रतियोगिता आयोजना गरीएको राष्ट्रिय युवा सङ्घ ५ नम्बर वडाका अध्यक्ष पारस मल्ल ठकुरीले जानकारी दिएका छन ।

लेजेन फुट्सल ग्राउन्डमा हुने उक्त प्रतियोगितामा विजेता टिमले नगत रु : ५० हजार , कप , मेडल र प्रमाण-पत्र हात पार्नेछ भने उपविजेता टिमले रु:२० हजार , कप , मेडल र प्रमाण-पत्र हात पार्ने आयोजकले बताएको छ ।
