दंगीशरण बैशाख १७
जनताले देख्ने र महसुस गर्नेगरी पस्चिम दाङको बिकासमा आफु अहोरात्र खटिरहेको नेपाल सरकारका पुर्व सिचाइ मन्त्री दाङ क्षेत्र न ३ का संघीय संसद दिपक गिरीले बताएकाछन ।दंगीशरण छरकट्टा खानेपानी उपभोक्ता समिती स्किम न २ को उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती गिरीले यस्तो बताएकाहुन।लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका छर्कट्टावासीलाइ अब खानेपानिको समस्या अन्त्यहुने अपेक्षालिए ।प्रमुख अथिती गिरीले आफु छोटो समय सिचाइमन्त्री हुदापनि पस्चिम दाङले बिकासको फड्को मारेको स्मरण गर्दै आफु निरन्तर खानेपानी,सिचाइ,सड्क तथा थुप्रै क्षेत्रमा बिकास गरेको दाविगरे । अर्को प्रसङ्गमा गिरीले बिकासका नाममा अनेक तरहका करा भजाउनेको पछि नलाग्न आग्रहगरे ।पछिल्लो समय आफु घोराहि तुलसीपुर फोरलेन सडक र टरीगाउँ एर्पोटका बिषयमा जोड्तोडका साथ लागेको बताउने गिरीले आफु जनताको सहजताको लागि कुनै कुराको कमि हुननदिने बताए ।

लामो समयसम्म निर्माण कार्य सम्पन्न हुन नसकेको खानेपानी योजनालाइ दंगीशरण गाउँपालिकाको नियमित पहल तथा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयको समन्वयमा छरकट्टा खानेपानीको बिधिवत उद्घाटन गरीएको हो ।दंगीशरणमा कतै ओभरहेड टेन्कि,भएको पाइप लाइन नभएको त कतै पाइपलाइन भएको तर ओभरहेड टेन्कि नभएका त्यस्ता ठाउँहरुमा सिधै पम्पिङको माध्यमबाट खानेपानी खान पाउने जनतको अशिकारलाइ पुरागर्न गाउँपालिका सफल भएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले बर्षौदेखि खानेपानीको समस्याझेल्दै आएका छरकट्टावासीहरुले खानेपानी खानपाउदा आफु निकै हर्षित भएको बताइन ।बिकट भनेर चिनिने साविक गोल्टाकुरी गा.वि.स.मा थुप्रै विकासका योजनाहरु ल्याईदिने संघीय संसद दिपक गिरीलाइ बधाइ दिइन ।खानेपानी उद्घाटन समारोहमा जिल्ला प्रसासन कार्यालय दाङका प्रमुख कृष्ण प्रसाद लम्साल , खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपाने,दंगीशरण गाउँपालिका वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले आ आफ्नो भनाइ राखेकाथिय ।
उद्घाटन समारोहको अबसर पारेर खानेपानी योजनाको ओभरहेड टेन्कि निर्माण गर्नकालागि एक कट्ठा जग्गा दानगर्ने दानदाता स्वर्गिय ताजिराम खत्रीका धर्मपत्नि तथा उहाँका छोराहरुलाइ सम्मान गरीएकोथियो ।
छरकट्टा खानेपानी उपभोक्ता समिती स्किम न २ का कोषाध्यक्ष गिता के.सि.को स्वागत मन्तव्यबाट शुरुभएको उद्घाटन समारोहको सहजीकरण गाउँपालिकाका प्रेश सयोजक प्रमोद आचार्यले गरेकाथिय ।
