July 14, 2026

Oplus_131072

कृष्ण अधिकारी

बैशाख १३

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि चेक रिपब्लिक लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर-६ घर भएर हाल काठमाडौं-९ बस्ने ३१ वर्षीय नारायण बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ। बस्नेतले ३ लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार बस्नेतले  लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। 

बस्नेतलाई  काठमाण्डौं-९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *