July 15, 2026

दोर्ण के.सी.
तुलसीपुर ४ बैशाख
राप्ती आँखा अस्पतालले आँखा सम्बन्धी सेवालाई प्रभावकारी बनाउने उद्देश्यले कर्नियल फोटोग्राफी मेसिन निर्यात गरेपछि सेवा प्रभावकारी बनेको छ । राप्ती अस्पताल र लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको लागत साझेदारीमा सो मेसिन खरिद गरिएको थियो ।

{“data”:{“pictureId”:”880492b314e849d495e9be5fe9970afe”,”appversion”:”2.5.0″,”stickerId”:””,”filterId”:””,”infoStickerId”:””,”imageEffectId”:””,”playId”:””,”activityName”:””,”os”:”android”,”product”:”retouch”,”exportType”:”image_export”,”editType”:”image_edit”},”source_type”:”vicut”,”tiktok_developers_3p_anchor_params”:”{\”source_type\”:\”vicut\”,\”client_key\”:\”aw889s25wozf8s7e\”,\”picture_template_id\”:\”\”}”}

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सुदृढीकरण (स्वास्थ्य साझेदारी) कार्यक्रम अन्तर्गत अस्पतालको सेवा सबलीकरणका लागि आर्थिक वर्ष २०७९–८० मा २४ लाख अनुदानमा आँखा अस्पतालले २६ लाख रकम साझेदारी मेसिन खरिद गरि सञ्चालनमा ल्याएपछि बिरामहरूले सहज रूपमा सेवा पाउन थालेका हुन् । कर्नियल फोटोग्राफी मेसिन खरिद गरेको राप्ती आँखा अस्पताल अस्पतालले जानकारी दिएको हो । प्रदेश सरकारसँग सहकार्य गरि साझेदारी कार्यक्रम अन्तर्गत ‘उज्यालो अभियान कार्यक्रम’मार्फत् दृष्टिविहीनता अर्थात् अन्धोपनको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्य रहेको अस्पतालले जनाएको हो । अस्पतालका अनुसार कर्निया (आँखाको नानी) रोगको उपचार पश्चात् समाजमा रहेका दृष्टिविहीनताको समस्यालाई न्यूनीकरण गर्ने, नेपाल सरकारको स्वास्थ्य नीति, नियम तथा कार्यक्रमको सफल कार्यान्वयनमा सहयोग पु¥याउने उद्देश्य अस्पतालले टेवा दिन थालेपछि विरामीहरू खुसीले हर्षीत भएकाछन् ।

कर्नियल फोटोग्राफी मेसिन आएसँगै बेलैमा उपचार सेवालाई व्यवस्थित बनाई गुणस्तरीय सेवा दिएपछि बिरामीमा विश्वासको वातावरण बढ्नुका साथै दृष्टिविहीन अर्थात् आँखाको ज्योति गुमाउनुपर्ने समस्या पनि न्यूनीकरण भएको अस्पतालले जनाएको छ । अस्पतालले कर्निया तथा अन्य आँखाको समस्याका कारणले हुने दृष्टिविहीनतालाई घटाइ पैसाको कारणले कुनैपनि व्यक्ति अन्धोपनमा बस्नु नपर्ने भन्दै पालिकामा देखिएको कर्निया (आँखाको नानी)सम्बन्धी रोगबाट उपचार सेवा नपाएकालाई उपचार सेवा दिई अन्धोपन न्यूनीकरणमा सहयोग पुग्ने बताएको हो । सो मेसिन आएपछि बिरामीहरूको आँखाको नानीको बनावट, पातलोपन हेर्न, आँखाको नानी प्रत्यारोपणपछि नानीको आकार हेरी टाँका निकाल्न, कन्ट्याक्ट लेन्स सेवा सुरु गर्न यो मेसिन आएसँगै सहजता भएको अस्पतालले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *