बारबर्दिया-९ , पुर्ण बोहरा
कतर्निया , बर्दियामा अवस्थित युनिभर्सल एजुकेसनल एकेडेमीले २०८१ साल चैत ३१ गतेका दिन वार्षिकोत्सब मनाउनुका साथै वार्षिक परिक्षाको नतिजा पनि प्रकाशन गरेको छ।

विद्यालयका प्रधानाध्यापक तथा बारबर्दिया प्याब्सनका अध्यक्ष राजेश क्षेत्रीको सभापतित्व , बारबर्दिया-९ का वडा अध्यक्ष श्री देबेन्द्र कुमार विष्टको प्रमुख आथित्य एवं प्याब्सनका केन्द्रिय सदस्य श्री एकराज पौडेलको विशिस्ट आतिथ्यमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमहरु पनि देखाएका थिए।

कार्यक्रममा धर्मभक्त मा.वि., विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु ढकाल, बसाहा बर्दा गौसला,कतर्नियाका अध्यक्ष संगिता भट्टराई , बारबर्दिया बढ्घर संजालका अध्यक्ष लाल बहादुर चौधरी, समाजसेवी रामकान्त भट्टराई आदिले शुभकामना दिनुभएको थियो !

भने कार्यक्रममा विद्यालायका कक्षागत प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियोे। विद्यालयका प्रधानाध्यापक श्री राजेश क्षेत्रीले नया वर्ष २०८२को शुभकामना दिदै आफ्नो विद्यालयले गरेको शैक्षिक प्रगती र आगामी वर्षको विद्यालयको शैक्षिक योजना पनि प्रस्तुत गर्नुभएको थियोे।

विद्यालयकी शिक्षिका सपना राई खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण शिक्षक सागर बिश्वकर्माले गर्नुभएको थियो।









