July 16, 2026

कृष्ण अधिकारी

धनगढीमा सम्पन्न जस्मिन मसलाको लक्की ड्र पुरस्कार तुलसीपुरमा वितरण गरिएको छ। गत चैत ९ गते लक्की ड्र गरेर छानिएका व्यवसायीहरूलाई उक्त पुरस्कार  प्रदान गरिएको छ।

प्रथम पुरस्कार प्राप्त गर्ने तुलसीपुरकाे ढकाल स्टोरले ४३ इन्चको टिभी प्राप्त गरेको छ । यस्तै तृतीय पुरस्कार खड्का किराना पसलले प्राप्त गरेको कम्पनीका प्रतिनिधि भक्तराज बजगाईँले जानकारी दिनुभयो। खड्का किराना पसलले ग्याँस चुलो प्राप्त गरेको छ।

यसैगरी, चौथो पुरस्कार ब्ल्याङ्केट सस्तो सिन्दुर किराना पसल, गौतम जनरल स्टोर, र बुद्धभूमि स्टोरले प्राप्त गरेको कम्पनी प्रतिनिधि बजगाईँले जानकारी दिनुभयो। यस्तै, सान्त्वना पुरस्कार ट्राभल ब्याग पोख्रेल ट्रेडर्स, जगदम्बा स्टोर, र कृष्ण किरानाले प्राप्त गरेको जस्मिन मसला तुलसीपुरका अधिकृत विक्रेता कृष्ण पोखरेलले जानकारी दिनुभयो।

कम्पनीले आफ्ना डिलर, वितरक, होलसेल तथा खुद्रा व्यवसायीहरूसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य लिएको छ। जस्मिन मसलाले आगामी वर्षहरूमा पनि यस्ता ग्राहकमुखी कार्यक्रम गर्दै जाने बताएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *