July 16, 2026

दाङ, १४ चैत्र । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिएको भए हुनेथियो भन्ने धारणा सार्वजनिक गरेका छन् । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज (बिहीबार) विहान घोराहिमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने थिएँ भन्ने बताए

उनले सरकारले किन हटायो भन्ने कुरा सरकारले नै जान्ने कुरा भएको टिप्पणी गरे । उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरुमा दलीय हस्तक्षेप र नियन्त्रण चरम रुपमा रहेको आरोप लगाए । यस्ता समस्या विधलिे हल गर्नको लागि आफू सरकारको नेतृत्वमा रहँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि स्मरण गराए ।

Oplus_131072

उनले नेपालको अर्थ राजनीतिमा यतिवेला गम्भीर संकटमा रहेको टिप्पणी गरे । उनले मिश्रित निर्वाचन प्रणालीले नै अहिलेको राजनीतिक संरचनामा समस्या निम्त्याएको औंल्याए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म यस्तो अस्थिरता आइरहने दाबी गरे ।

अस्थिरताले समस्याको समाधान हुनुको साटो झनै समस्या थपिने उनको भनाई छ । उनले जतिसक्दो छिटो राष्टिय सहमति बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री (प्रदेशमा) जानुपर्ने बताए । उनले पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित संसद र प्रदेश सभा बनाउन सकियो राष्ट्रपति र मुख्यमन्त्रीले विज्ञहरु लिएर मन्त्रिपरिषद चलाउने र त्यसले राम्रो काम गर्नेछ भन्ने विश्वास दिलाए ।

उनले नेपालमा राजतन्त्र भूत भइसकेकोले पछाडि फर्केर समस्याको हल नहुने दाबी गरे । नेपाली जनताले ठूलो बलिदानी गरेर राजसंस्था नेपालबाट हटाएकोले त्यसलाई फिर्ता गर्ने मुर्खता हुने उनको टिप्पणी छ । उनले नेपालमा राजसंस्था आउँदै नआउने ठोकुवा गरे ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर जानुपर्नेमा जोड दिए।
रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष केसिले गर्नु भएको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *