July 16, 2026

दाङ, २ चैत । तुलसीपुर बजारमा खानेपानीको व्यवस्थापन गरिरहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

अहिले बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा मतदान हुने भएको हो ।निर्वाचनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा विषेशगरी तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरुका उमेदवार प्रतिष्पर्धामा रहेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा यमकान्त भण्डारी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रबाट मनोज लामिछाने र नेकपा माओवादी केन्द्रसहित सात दलबाट सीताराम शर्मा चुनावी मैदानमा रहनुभएको छ ।

निर्वाचनमा १० हजार ९ सय १९ जनाले मतदान गर्न पाउने निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालले बताउनुभयो । उहाँका अनुसार मतदानका लागि तुलसीपुर खानेपानीबाट वितरण गरिएको परिचयपत्र वा नेपाली नागरिकता अनिवार्य गरिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *