July 16, 2026

केबी वली:तुलसीपुर, २७ फागुन ।
नेपाल विद्यार्थीको आन्दोलन को इतिहास हेर्ने हो धेरै लामो र गौरव पुर्ण छ। सामान्य परिवारका सन्तति गंगलाल श्रेष्ठ को मृत्युले जन्मिएको नेपाली विद्यार्थी आन्दोलन कुनै लक्ष्य रहित कहिलै भएन र अहिलेको परिवेशमा आउँदा समेत निकै महत्त्वपूर्ण मानिन्छ ।
जागरण, दवाव र प्रतिपक्षीय आन्दोलनको पर्याय विद्यार्र्थी आन्दोलन निरंकुश राणाशासनकै बीचमा ऐतिहासिक पहलकदमी लिन सफल भएको थियो । जनताको वाक स्वतन्त्रतामाथीको प्रतिवन्ध, सामान्य परिवारका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथीको प्रतिबन्ध, राणा शासकहरुको बोली कानुन बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरुवात भएको विद्यार्थी आन्दोलन गौरवपूर्ण छ ।
कुनै समय नेपाली विद्यार्थीे आन्दोलन देश भित्र मात्र नभई देश बाहिर पनि निकै प्रभावशालिको रुपमा रहेको थियो।

तर पछिल्लो विद्यार्थी आन्दोलन र नेपाली विद्यार्थी राजनीतिक शैक्षिक सुधार संगै राष्ट्र निर्माणमा छैन । विश्वविद्यालय र विद्यालयहरूले उत्पादन गर्ने विद्यार्थी नेतृत्व भन्दा केहि सिमित राजनीतिज्ञ र पार्टीहरू आफ्नो स्वार्थको लागी उत्पादन गरेका पार्टी मुखी नेतृत्व हावी छ। जसले चरम दमन, इतिहास, अर्थशास्त्र, भूगोल, विश्व प्रणालीसँग जोडिएको शिक्षा बुझेको छैन तर उसले सिमित केहि पाटी या नेता बुझेको छ त्यसले शैक्षिक आन्दोलनको नेतृत्व गर्छु भन्नू र बयलगाढा चढी अमेरिका जान्छु भन्नू केहि फरक होईन ।

अहिले नेपालका विश्वविद्यालयहरूमा स्ववियु निर्वाचन हुँदै छ। विश्वविद्यालयहरु राजनीतिक अखाडा टोड्न एउटा नेतृत्व खोजिरहेको छ। जसले विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुको आवाज उच्च स्थान सम्म पुर्याउने र समाधान गर्न सकोस् भन्ने खोजी रहेको छ। तर त्यो भित्र पनि विभिन्न विचारप्रति आस्था राख्ने थुप्रै विद्यार्थीहरू पाइन्छन् तर त्यहीँ मध्य निस्वार्थ भावना बोकेका विद्यार्थी नेतृत्व पार्टी संगठन राजनीतिकभन्दामाथि विश्वविद्यालय भन्ने अथवा संस्था हो भने बुझेको हुन्छ । त्यसले विश्वविद्यालय मात्र बुझेको हुदैन त्यो भित्रको विद्यार्थीको अवस्था आवश्यकता गजबले बुझेको हुन्छ र त्यसैले एकरुपता गर्न सक्छ।
एक विश्वबिद्यालय केवल इँटा र गाह्रोको संरचना मात्र होइन यो चिन्तन, विश्लेषण र परिवर्तनको केन्द्र पनि हो । एक शिक्षा पुस्तकका अक्षर मात्र होईन यो चेतना, नैतिकता, मूल्य तथा भविष्य निर्माणको एक महत्त्वपूर्ण आधार समेत हो । एक विश्वविद्यालय सीमित घेराभित्र वा कुनै एक समाज र समुदायभित्र मात्र सीमित हुँदैन त्यो महा ठूलो महासागर जस्तो हो जस भित्र हिमाल पहाडदेखि तराईसम्मका विद्यार्थीहरू एकरुपता भएर एउटै बेन्च डिक्सनमा बसेर पढिरहेका हुन्छन्। तर तिनीहरू के चाहन्छन् भने आफ्नो भूगोल आफ्नो इतिहास आफ्नो संस्कृति आफ्नो संस्कार आफ्नो कल्चरहरु आफ्नो भैतिल यथार्थ पनि त्यो विश्वविद्यालयमा समेटिए फुलमा सुगन्ध थपिन त्यो कि भन्ने चाहन्छ।

त्यसैले एक सभ्य एवम् प्रगतिशील विश्वविद्यालय निर्माणका लागि निमित्त शिक्षित विद्यार्थी नेतृत्वको आवश्यक पर्छ। जसको लडाई अझै पनि क्षमताको आधारमा छैन त्यो लडाइ वर्ग संगै रहेको छ। जुन वर्ग यस्तो छ जसले संस्था बुझेको हुदैन भूगोल बुझेको हुदैन विद्यार्थीको भावना बुझेको हुदैन विद्यार्थीको आवश्यकता बुझेको हुदैन त्यो व्यक्तित्व त्यहीँ समाजको नेतृत्व गर्छु भन्दै छ। तर उसँग त्यहाँ नेतृत्व गर्छु भनेको हुन्छ तर त्यसले त्यो बुझेको हुँदैन जहाँ आफू नेतृत्व गर्न जाँदैछ। त्यसैले यो वर्ग संघर्षलाई चिरन तपाईँ हामी तयार भयौँ भने हामीले असल नेतृत्व छान्न सक्यौ भने त्यो संस्थाको हितसँगै शैक्षिक क्षेत्रभित्रको वर्गसंघर्ष चिर्न सक्छौं जसले भूगोल, ग्रामीण बस्ती, अपाङ्गता ,दलित ,जनजातिको प्रतिनिधित्व हुने गरि म आउछु हजुरहरु वर्ग संघर्ष चिर्न तयार हुनुस् । अहिलेको आवश्यकता र वर्गसंघर्ष रहित समाज निर्माण गर्न पहिले शिक्षालाई सुदृढ बनाउन विद्यार्थी स्वयं सचेत हुन जरुरी छ । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *