उद्योग मन्त्रालयमा घोराही सिमेन्टका मालिक पुरुषोत्तमलाल (पिएल) संघाई सँगै त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि र उद्योगमन्त्रीसँग हिजोको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो। त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाठा र उपाध्यक्ष लेखमणि डाँगीको अगाडि नै पीएल संघाई ले २ करोड मागेको दाबी गरेको छ। तर अध्यक्ष र उपाध्यक्षले सो बार्गेनिङ नगरेको बताएका छन्। उद्योगमन्त्री र त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिले बार्गेनिङ नगरेको विज्ञप्ति जारी गर्न अनुरोध गरेका थिए। तर घोराही सिमेन्टका मालिक पुरुषोत्तमलाल (पिएल) संघाईले पशुपतिको साँची राखेर पैसा दिएको छैन तर २ करोडको बार्गेनिङ भएको उक्त विज्ञप्तिमा उल्लेख गर्न सकिने बताएका थिए।

उद्योग मन्त्रालयमा उद्योगमन्त्री दामोदर भण्डारी, मन्त्रालयको सचिव गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष कै अगाडि माननीय दिपेन्द्र पुन सिजलले भनेकै कुरा (पिएल) संघाईले पुन दोहोर्याएका छन्। उनले २ करोड तपाईहरुले माग्नुभएकै हो भन्दै गाउँपालिकाका अध्यक्षलाई यस्तो भनेका छन्। अब हजुरहरूको कार्यकाल दुई वर्ष हो , तिमीहरूले अवरोध गरे पनि तपाईँहरूको कार्यकाल सकिसकेपछि म फेरि खानी चलाइहाल्छु। भन्दै उनले अझ थपेका छन् एकराज ओलीलाई काम दिनुपर्छ भनेर तपाईँहरूले भन्नुभएकै हो। अनावश्यक रूपमा तपाईँहरूको अपेक्षा पूरा नभएपछि आन्दोलन गर्न पठाउनुभएकै हो भनेर घोराही सिमेन्टका मालिक पुरुषोत्तमलाल (पिएल) संघाईले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लाई भनेका छन्। हिजो उद्योग मन्त्रालयमा बसेको बैठक निष्कर्ष विहीन भएर टुंगिएको थियो। बैठकमा प्रत्यक्ष सहभागी एक व्यक्तिले जानकारी दिएका छन्।
