July 18, 2026

माघ-२१, दाङ
विशाल परियार
हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरुण रावत, सभापति शसिराम पुन, तथा अतिथिहरू युवराज डाँगी, भिविजन रोका, बामदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एकेडेमिक तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियाे।
सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम समेत सञ्चालन गरिएको थियो, जसमा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिँदा माहोल अझै उल्लासमय बनेको थियो।कार्यक्रममा व्यवस्थापन समितिका सदस्य भिविजन रोकाले अभिभावकको भूमिकालाई महत्त्व दिँदै विद्यालयलाई दोस्रो पाठशाला भन्दै, पहिलो पाठशाला घर नै रहेको बताए। उनले अभिभावकले दिने शिक्षाले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले संस्कार घरबाटै सिक्नुपर्ने कुरामा जोड दिए। विद्यालयले अहिलेसम्म उत्कृष्ट नतिजा दिँदै आएको र अझै गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको बताउँदै उनले सम्पूर्ण स्थानीय बासिन्दालाई आफ्ना बालबालिकालाई यहीँ पढाउन आग्रह गरे। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयहरूको व्यापक सहभागिताका साथ उत्साहजनक रूपमा सम्पन्न भएको थियो। विद्यालयकी शिक्षिकाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकोसञ्चालन विद्यालयका प्रधानाध्यापक वीर वहादुर वलीले गरेका थिए।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *