July 18, 2026

तुलसीपुर,१५ माघ ।
प्रेस सेन्टर नेपालको स्थापना दिवसको अवसरमा तुलसीपुर शाखाले दीप प्रज्वलन गरेको छ। शाखा अध्यक्ष टेकराज भण्डारीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख  आथित्यतामा कार्यक्रम भएको हो। त्यस अवसरमा प्रमुख अतिथि आचार्यले प्रेस सेन्टरले सधैं अन्यायको पक्षमा कलम चलाएको बताए ।

त्यस्तै विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य धनबहादुर मास्कीले आवाजविहीनहरूको आवाज उठाउँदै आएकाले प्रेस सेन्टर अहिलेको अवस्थामा आइपुगेको बताए । सेन्टर नेपाल दाङका सचिव दीपक बोहराले प्रेस सेन्टरले नै दबिएर रहेका आवाजहरूलाई बुलन्द गर्दै आएको बताए। न्यायको पक्षमा कलम चलाउन प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।

कार्यक्रममा पार्टीका दाङ जिल्ला संयोजक हरिमान पुन वरुण प्रदेश कमिटी सदस्य प्रेमराज ओली प्रभात, खुसीराम चौधरी, ईश्वरी पाण्डे लगायतको सहभागिता रहेको थियो ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *