July 17, 2026

माघ ७ दाङ

संगम अधिकारी

कुमारी बैंक लिमिटेड शाखा कार्यालय दंगीशरणले आइतबारदेखि ए.टि.एम.सेवा सुचारु गरेकोछ ।ग्राहकहरुको सेवालाइ थप प्रभावकारी बनाउन तथा बैंकिङ सेवालाइ छिटो छरितो बनाउन ए.टि.एम सेवा सुचारु गरीएको कुमारी बैंक दंगीशरण साखा प्रमुख एकराज के.सिले बताए ।

आइतबार ए.टि.एम सेवाको सुचारु गाउँपालिका अध्यक्ष शम्भु गिरी र गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले गरेकाथिय ।ए.टि.एम सेवाको सुभारम्भ गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले ए.टि.एम.सेवा सुभारम्भले चौबीस घण्टै कोहि कसैलाइ आकस्मिक अप्ठेरो पर्दा सहज हुने अपेक्षा लिए।शनिवार तथा अन्यदिनमा समेत पैसाको कारोबार ए.टि.एम मार्फत गर्नसकिने भएकाले बैंकिङ सेवा थप प्रभावकारीहुने अध्यक्ष गिरीले बताए ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले आफु आफ्नो स्थानीयतहका नागरीकहरुलाइ समय सुहाउँदो सेवा बिस्तारका लागि अगाडि बढेको बताए ।

सेवा सुभारम्भकै अवसरपारी दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले प्रबिधिको युगमा समय सापेक्षित सेवा सुभारम्भले ग्राहकबर्गमा ठुलो सहयोग पुग्ने बताइन ।समयको बचत सङ्गै २४ घण्टा सेवा प्राप्तगर्न पाउनु सिङ्गो दंगीशरणवासीको खुसिको कुरा रहेको उल्लेख गरिन ।

बिगत ७ बर्षदेखि दंगीशरणबाट आफ्नो सेवा सुभारम्भ गरेको बैंकले गाउँपालिकाको लक्ष्य अनुरुप सामाजिक सुरक्षा भत्ता बितरण वडा बाटै बितरण गर्नेदेखि थुप्रै रचनात्मक कार्यमा अग्रसर हुदै आएकोछ ।आफ्नो सेवा बिस्तार तथा प्रभावकारी बनाउदै अगाडि बढेको शाखाले ग्राहकहरुको समयलाइ मध्यनजरगर्दै ए.टि.म.सेवा २४ घण्टानै खुल्ला रहनेगरी सुभारम्भ गरीएको बैंक साखा प्रमुख के.सि.ले बताए ।

आगामि दिनहरूमा बैंकिङ कारोवार गर्न चेक बोकि घण्टौ लाइन बस्नुपर्ने समस्याको अन्त्यहुने अपेक्षा गरीएकोछ ।यस्तै निरन्तर सेवा प्रभावकारी तथा रचनात्मक कार्यमा जोडदिदै अगाडि बढ्ने प्रमुख के.सि.को जोडछ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *