तुलसीपुर, २८ पुष । दाङको तुलसीपुरमा आज भएको ‘तुलसीपुर बृहत सिकाई मेला–२०८१’ मा विद्यार्थीहरुले बनाएका विभिन्न सिर्जनात्कम सामगी्रहरुको प्रर्दशनी गरिएको छ । तुलसीपुर–१ भ्यूडहर सुनपुरमा रहेको बीरेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न भएको सिकाई मेलामा नवीनतम प्रविधिको प्रर्दशनी, बालबालिका र परिवारमैत्री गतिविधि, स्थानीय कला, घरेलु तथा हस्तकलाका सामग्रीको प्रदर्शनी, चित्रकला र रङ्गकला, जलचक्र, सौर्य उर्जाको प्रयोग र पर्यावरणीय संरचनाको प्रदर्शनी लगायत विभिन्न सामगी्रको प्रर्दशन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका भित्र रहेका विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुका विद्यार्थीहरुले बनाएका सामगी्रको बारेमा प्रयोगात्कम रुपमै वर्णन गरेका थिए ।

सो अवसरका कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले शिक्षामा भएको असमानता र द्धेद्यता अन्त्य हुनुपर्ने बताउनु भएको छ । विश्व बजारमा विक्ने शिक्षा प्रदान गरी जनशक्ति उत्पादन गर्न विद्यालय तथा शिक्षकहरुलाई उहाँँले आग्रह गर्नु भयो । अव सामुदायिक विद्यालय र संस्थागत विद्यालयको पढाई एउटै हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सिकाइ मेलाका प्रमुख वक्ताका रुपमा रहनु भएका पत्रकार टिकाराम यात्रीले प्रविधिको प्रयोग गर्दै क्षमता विकास गर्न सकिने बताउनु भएको छ । उहाँले प्रविधिको सही रुपमा सदुपयोग गर्न सके ज्ञान हासिल गर्न सकिने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लु प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्थानी चौधरी, सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण डा. जित बहादुर गिरीले गर्नुभएको थियो । सो अन्तक्रियात्मक तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरू भएका छन् ।।
