July 14, 2026

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा परेर एक जना घाईते भएका छन् ।

मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो।

दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको  जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो। मृतक मध्य एक जना रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा रहेको यादवले जानकारी दिनुभयो दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचयपत्र फेला परेकोले मृत्यु हुनेमा एक जना उपाध्यक्ष रहेको प्रहरीको भनाई छ ।दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बागलुङ जिल्लाको गलकोटमा उपाध्यक्ष सवार जिप दुर्घटनामा परेको दुखद खबर आएको जानकारी दिनुभयो । उहाँले थप विवरण आउन बाँकि रहेको जनाउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *