July 13, 2026


नारायण अधिकारी
दाङ, २० साउन तुल्सिपुर ६ रजौरा मा रहेकोे कमल पोखरी योग साधना केन्द्रमा आचार्य बालकृष्ण काे जन्मदिन तथा जडीबुटी दिवस भब्यताका साथ मनाइएको छ।

कार्यक्रम काे सञ्चालन योग साधना केन्द्र का सचिब बाम देव बिष्ट ले गर्नु भएको थियो । उक्त का्यक्रम काे सभा-अध्यक्ष मा योग साधना केन्द्र का अध्यक्ष बल्देव रजौरे , प्रमुख अतिथिमा पतञ्जलि याेग समिति लुम्बिनीका महामन्त्री घनश्याम अधिकारी कार्यक्रममा पतञ्जलि याेग समितिका अध्यक्ष तथा सदस्यहरु, र स्थानिय लगायतकाे उपस्थितिमा कर्यक्रम सम्पन्न भएकाे छ।

कार्यक्रम मा वक्ताहरुले योगको मुख्य उदेश्य हामीले शरीरलाई कसरी स्वस्थ बनाउने बारेमा बोल्नु भएको थियो । अहिले खानापानको कारण हाम्रो समाज दुषित हुँदै गएको स्पष्ट पार्नु भएको थियोे ।

हरेक मानिसले आयुर्वेदिक र योगमय मनाउनको लागि मुख्य जोड दिएका छन्। उक्त कार्यक्रममा प्रमुख अतिथि घनश्याम अधिकारी ले विभिन्न प्रकारका जडी-बुटीहरू देखाएर त्यसको महत्व र विशेषता समेत उपस्थित सबैलाई स्पष्ट पार्नु भएको थियो ।
साधना केन्द्र कि उपाध्यक्ष माया के:सि काे स्वागत मन्तब्य बाट सुरू भएको कार्यक्रम , कार्यक्रमकाे सहजीकरण अध्यक्ष तथा कार्यक्रमकाे सभा अध्यक्ष बल्देव रजौरे ले गर्नुभएकाे थियाे।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *