July 13, 2026

दाङ :  दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ बस्ने ३९ वर्षीय कुल बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   शनिबार साँझ करिब साढे ८ बजेतिर  घोराही  १० अम्राही स्थित घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले नाराणपुरबाट घोराही तर्फ आउँदै गरेको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 टिपरको ठक्करबाट  घाईते भएका बस्नेतलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पठाइएको थियो । तर, डाक्टरले चेकजाँच गर्दा उनलाई साँझ करिब पौने ९ बजेतिर  मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार  टिपर चालक जिल्ला पश्चिम नवलपरासी सुनवल  नगरपालिका १० गैराखाल बस्ने शिव बहादुर क्षेत्री र टिपर प्रहरीको नियन्त्रणमा रहेको घटनाको बारे थप अनुसन्धान कार्य भइरहेको छ । यस्तै मृतकका आफन्तले अहिले दाङको घोराही तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन्। टिपर चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्तले सडक अवरुद्ध पारेका हुन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *