July 12, 2026

साउन – ७ कृष्ण अधिकारी
गुरु पूर्णिमाको अवसरमा दाङ शान्तिनगर ७ खैरेनी मा रहेको मिड वेस्ट प्वाइन्ट एकेडेमीमा विविध कार्यक्रम गरिएको छ । कक्षा ९/१० का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा गुरुहरु प्रति श्रद्धा भाव झल्कने विभिन्न क्रियाकलापहरु गरेका थिए । त्यस्तै उनिहरुले आफ्नो विद्यालय पठन पाठन खेल्कुद र अन्य सबै कुरा मा उत्कृष्ट हुँदै आएको बताएका थिए ।उनिहरुले गुरुप्रती श्रद्धा भाव प्रकट गर्दै गुरुहरुलाई टीका लगाईदिएर केक फलफुल डेरीमिल्क लगायतका परिकार खान दिएका थिए भने गुरुहरु बाट आशिर्वाद ग्रहण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रतियोगिताहरु राखेका थिए । त्यस्तै गुरु प्रतिको श्रद्धा भाव झल्कने विभिन्न नृत्य, गीत, कविता, प्रस्तुत गरेका थिए ।

मिड वेस्ट प्वाइन्ट एकेडेमीका प्रमुख वीर बहादुर घर्ती को अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका अध्यक्ष सुबोद कुमार डाँगी ले जीवनमा विभिन्न माध्यमबाट शिक्षा प्रदान गर्ने गुरुहरुको भूमिकाको बारेमा चर्चा गर्नु भएको थियो ।कार्यक्रममा जीवनमा गुरुको योगदानको बारेमा छात्रा युरिशा डाँगीले बोल्नु भएको थियो । कार्यक्रममा छात्र रन्जित बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन विद्यालयका छात्राहरु सन्जु भण्डारी र करुणा डाँगी गरेका थिए ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *