September 10, 2026

तुलसीपुर, ५ श्रावन । दाङको दंगीशरणमा जिप दुर्घटना हुदा १० जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक सल्यानको कालिमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिम बहादुर बोपाल मगर, जिपमा सवार कालिमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री, वडा नम्बर २ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया संगिता राणा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । यस्तै कालिमाटी–१ का गाडी साहु ४१ वर्षीय हरि बहादुर विष्ट भने सकुसल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङको तुलसीपुरबाट सल्यानको कालिमाटितर्फ जादै गरेको लु १ ज १३८३ नम्बरको जिप अटोलाई बचाउन खोज्दा दंगीशरण–७ बोगटी नजिकै दुर्घटनामा परेको हो । घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *