दाङ : दंगीशरण गाउँपालिका २ नारायणपुर स्थित दुर्गा भगवती मन्दिरमा वृक्षारोपण गरिएको छ । वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तिलकन्या सामुदायिक वन उपभोक्ता समुहको आयोजना गाउँपालिका, दंगीशरण सव डिभिजन वन कार्यालय, ग्रीन फाउन्डेसन नेपाल, हरियाली मञ्च नेपाल र श्री दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको सहकार्यमा आँप, लिच्ची, कागती, अशोक, गुलमोहर, बगनेबेली, सितारा, खयर, मसला, बगाईनो आदि बिरुवाहरूको वृक्षारोपण गरिएको हो ।
हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षता एवं वडा नम्बर २ का वडाध्यक्ष डम्बर खत्री तथा गाउँपालिका निवर्तमान अध्यक्ष भागिराम चौधरीको विशेष उपस्थितिमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा सदस्य अन्जना बिक, ग्रीन फाउन्डेसन दाङका अध्यक्ष विष्णु केसी, सचिव जित बहादुर खड्का, १ नम्बर वडाको निवर्तमान वडाध्यक्ष श्रीप्रसाद चौधरी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । सामुदायिक वनमा थुप्रै खाली जमिन भएको हुनाले वन पुनर्स्थापनाका लागि वृक्षारोपण कार्यक्रम गरिएको सहकारी संस्थाका अध्यक्ष गौतमले बताए ।
