July 10, 2026

तुलसीपुर, ३० असार । दाङको तुलसीपुरमा मोटरसाइकल पल्टिदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर– ५ निवासी ३३ बर्षका राम प्रसाद नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । बिरेन्द्र चोकबाट बसपार्क तर्फ जादै गरेको रा १ प ४५६३ नम्बरको मोटरसाइक दिउसो ३ बजे  पिपलबोट नजिकै आफै अनियण्त्रितभई पल्टिदा चालक नेपाली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि अन्य निजी अस्पस्पतालमा पठाइएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *