July 10, 2026

तुलसीपुर, २९ असार । दाङको तुलसीपुरमा जंगली च्याउ खाएर फेरि एक महिला गम्भीर विरामी भएको प्रहरीले जनाएको छ । बिरामी हुनेमा तुलसीपुर(१ भम्के निवासी ७६ वर्षिया प्रेम कुमारी बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार आज साझ ७ बजेको समयमा जंगलबाट ल्याएको च्याउ उहाँसहित छोरा ३१ वर्षिय लाल बहादुर बस्नेतले पनि खानुभएको थियो तर, छोरालाई केही नभएको र आमा भने बिरामी भएकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *