September 8, 2026

तुलसीपुर, दाङ । तुलसीपुर–७ स्थित दिव्य कुञ्ज एकेडेमीले बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
सरकारले आह्वान गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विद्यालयले उक्त रकम प्रदान गरेको हो। बाढीपीडितको राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका शिक्षक, विद्यार्थी तथा गैरशिक्षण कर्मचारीहरूको सामूहिक सहभागितामा रकम संकलन गरिएको विद्यालयले जनाएको छ।
विपद्को समयमा मानवीय सहयोग आवश्यक हुने भन्दै विद्यालयले आफ्नो तर्फबाट सानो भए पनि राहत अभियानमा योगदान गरेको जनाएको छ। विद्यालयको सहयोगले बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीले आफू र आफ्नो समूह तथा विद्यालयले विपद्का बेला सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। सरकारले बाढीपीडितको राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रबाट सहयोगको आह्वान गर्दै आएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *