July 9, 2026

दाङ,२० फागुन कृष्ण अधिकारी

तुलसीपुर ५ नामिनगर निवासी बसन्त रानाले आफ्नी स्वर्गीय होमा कुमारी पुनको पुण्यतिथिको अवसर पारेर मानवीय सेवाको उदाहरणीय कार्य गरेका छन्।

पुनको स्मृतिलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उनले मानवसेवा आश्रममा आश्रित गरिमा लक्ष्मीनारायण जिउँदा भगवान हरुलाई बिहानको भोजन प्रसादी स प्रेम अर्पण गरेका हुन्।
पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा दिवंगत आत्माको चिरशान्ति तथा बैकुण्ठ बासको कामना गर्दै विशेष प्रार्थना गरिएको थियो।

परिवारजनले स्वर्गीय पुनको जीवनकालमा रहेको सेवाभाव, करुणा र सामाजिक सद्भावको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
मानवसेवा आश्रमले सडकपेटी तथा सार्वजनिक स्थलहरूबाट उद्धार गरिएका असहाय, अशक्त तथा सहयोगापेक्षी नागरिकहरूको संरक्षण, उपचार तथा पालनपोषण गर्दै आएको छ।

यस्ता संस्थामा गरिएको भोजन सहयोगले आश्रितहरूको दैनिकीमा प्रत्यक्ष राहत पुग्ने गर्दछ।

सामाजिक तथा धार्मिक कार्यलाई मानवसेवासँग जोड्ने संस्कारले समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिएको छ।
उक्त कार्यक्रममा बहिनीहरू बिन्दु राना, उषा केसी र श्रिया ओलीको उपस्थिति रहेको थियो भने नाति दक्षित पुन मगर पनि सहभागी थिए।

त्यसैगरी सुन्दर समाज नेपालका पत्रकार बलवीर बिक, हाम्रो तुलसीपुर डट कमका सञ्चालक तथा पत्रकार कृष्ण अधिकारी र सोही अनलाइनका रिपोर्टर पत्रकार राजु चौधरीको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

अन्य स्थानीय व्यक्तित्व तथा समाजसेवीहरूको समेत उल्लेखनीय सहभागिता रहेको बताइएको छ।
बसन्त रानाद्वारा गरिएको यस सेवामूलक कार्यप्रति उपस्थित व्यक्तिहरूले प्रशंसा व्यक्त गर्दै यस्ता गतिविधिले समाजमा मानवता र सहकार्यको भावना अझ मजबुत बनाउने बताएका छन्।

राना परिवारप्रति आभार प्रकट गर्दै परिवारको सुख, शान्ति, स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *