July 12, 2026

दाङ, १६ माघ कृष्ण अधिकारी
दाङको घोराही घर भई हाल अमेरिका, टेक्सास राज्यको ह्युस्टन सहरमा बसोबास गर्दै आएकी जेनिशा बुढा मगर सवारी दुर्घटनामा गम्भीर घाइते भएकी छिन्।
उनी अमेरिकाको स्थानीय समयअनुसार जनवरी २९ तारिख दिउँसो करिब १:३० बजे सवारी दुर्घटनामा परेको जनाइएको छ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेकी बुढा मगरलाई ह्युस्टनस्थित सेन्ट्रल हार्मोनल अस्पताल मा भर्ना गरी उपचार भइरहेको छ।

चिकित्सकका अनुसार उनको अवस्था हाल चिन्ताजनक रहेको छ।
हालसम्म जेनिशा बुढा मगरका परिवारजनसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको जनाउँदै उनको उपचारमा सहयोग र परिवारसम्म सूचना पुर्‍याउनका लागि आफन्त तथा चिनजान भएका व्यक्तिसँग सम्पर्कको प्रयास भइरहेको छ।
उनलाई चिन्ने वा परिवारसँग सम्पर्कमा रहेका जो कोहीले जानकारी गराइदिन सहयोग गरिदिन अनुरोध गरिएको छ।
दाङको घोराहीकी जेनिशा बुढा मगर हाल सान ज्यासिन्टो कम्युनिटी कलेज मा नर्सिङ विषय अध्ययनरत रहेको बताइएको छ।
उनको दुर्घटनाको खबरपछि स्थानीय नेपाली समुदायले पनि चासो व्यक्त गरेका छन्।
उनीसँग सम्पर्क गर्न चाहनेले उनका साथी उनिका को मोबाइल नम्बर 281-925-9961 मा सम्पर्क गर्न सक्ने बताइएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *