July 10, 2026

दाङ, २०८२ माघ १२ कृष्ण अधिकारी
नेपाल कम्युनिस्ट पार्टीका पश्चिम दाङ क्षेत्र नम्बर ३ का उम्मेदवार धनबहादुर मास्की (राजेश) लाई तारा चिन्हमा मतदान गरी विजयी गराउन आम मतदाता शुभेच्छुक तथा नागरिकमा हार्दिक अपिल गरिएको छ।
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका मास्कीले आफ्नो कार्यकालमा सुरु गरेका विकास निर्माणका योजनाहरू अधुरा नछाड्ने र पूरा गरेर समृद्ध पश्चिम दाङ निर्माण गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्वमा सुरु भएका पूर्वाधार, आर्थिक तथा सामाजिक विकासका कामहरूले जनतामा बलियो भरोसा पैदा गरेको छ।
आगामी निर्वाचनका लागि उम्मेदवार मास्कीले प्रस्तुत गर्नुभएको एकीकृत विकास एजेन्डाअन्तर्गत पश्चिम दाङका मुख्य सडकहरूलाई फोरलेनमा स्तरोन्नति, युवालाई स्वदेशमै सीप र रोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि कलेज स्थापना, बबई गाउँपालिका जलुके हुरुम जोड्ने सडक स्थायी रूपमा निर्माण, वर्षौँदेखिको समस्या समाधान गर्दै बबई नदीमा पक्की पुल निर्माण लगायतका कार्यक्रम प्राथमिकतामा राखिएका छन्।

साथै कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य र रोजगारी विस्तारलाई समेत केन्द्रमा राखिएको छ।
अर्थमन्त्री भएको बेला सुरु गरिएका ठूला र दीर्घकालीन योजनाहरूलाई निरन्तरता दिँदै विकासलाई व्यवहारमा उतार्ने अनुभवी नेताको रूपमा धनबहादुर मास्की (राजेश) ले पश्चिम दाङलाई आर्थिक, शैक्षिक तथा भौतिक पूर्वाधारको केन्द्र बनाउने संकल्प व्यक्त गर्नुभएको छ

त्यसैले विकासको निरन्तरता, स्थायित्व र समृद्ध पश्चिम दाङको सुनिश्चितताका लागि नेपाल कम्युनिस्ट पार्टीका क्षेत्र नम्बर ३ का उम्मेदवार धनबहादुर मास्की (राजेश) लाई आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गरी विजयी गराउन सबैमा हार्दिक अपिल गरिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *