July 12, 2026


दाङ, ४ माघ

लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार दाङमा आयोजित रुकुमपश्चिम–दाङ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
प्रदेशसभा सदस्य मास्कीले दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका छन् । आगामी फागुन १२ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिन लागेको बताएका हुन् ।
उनका अनुसार यही माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ । प्रतिनिधिसभामा पुगेर दाङ र समग्र लुम्बिनी प्रदेशका जनताको आवाज मजबुत रूपमा उठाउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रन लागेको मास्कीले बताएका छन् ।
प्रदेशसभा सदस्यको रूपमा निर्वाह गरेको जिम्मेवारीप्रति जनताले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा संघीय संसदमार्फत जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *