September 11, 2026

तुलसिपुर, दाङ कृष्ण अधिकारी |
कमलपोखरी योग साधना केन्द्र, तुलसिपुरको आयोजनामा राष्ट्रिय योग दिवस सप्ताहव्यापी रूपमा मनाउने क्रममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम कमलपोखरी योग साधना केन्द्रका अध्यक्ष तथा नगर प्रशिक्षण विभाग प्रमुख बलदेव रजौरेको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पतञ्जली योग समिति (प.यो.स) लुम्बिनी प्रदेश प्रशिक्षण विभाग प्रमुख दीपक बस्यालको प्रमुख आतिथ्य रहेको थियो।


त्यसैगरी कार्यक्रममा प.यो.स लुम्बिनी प्रदेश सदस्य लक्ष्मी ओली, प.यो.स दाङ जिल्ला प्रभारी विनोद चौधरी, प.यो.स दाङ जिल्ला महिला सह–प्रभारी समिक्षा रिजालको विशिष्ट आतिथ्य रहेको थियो। साथै अतिथि रूपमा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सदस्य भीमलाल मरासिनीको उपस्थिति रहेको थियो।


कार्यक्रमको सुरुवात कमलपोखरी योग साधना केन्द्रका कोषाध्यक्ष भागिराम ओलीको स्वागत मन्तव्यबाट भएको थियो। कार्यक्रममा कमलपोखरी योग साधना केन्द्र, त्रिशिद्धेश्वरी योग साधना केन्द्र तथा दोघरे योग साधना केन्द्रका योग शिक्षक तथा योग साधकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण कमलपोखरी योग साधना केन्द्रका सचिव वामदेव बिष्टले गरेका थिए।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *