July 12, 2026

Oplus_131072

दाङ, कात्तिक ११।
सल्यानमा यात्रु बोकेको फोर्स गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। राप्ती राजमार्ग अन्तर्गत बागचौर नगरपालिका–४, बाङ्गेलाखुरी नजिकै आज बिहान करिब ६ बजे गाडी अनियन्त्रित भई सडकबाट झण्डै ७ मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी हेमबहादुर केसीका अनुसार नेपालगन्जबाट सल्यानको अर्वारे फारुला तर्फ जाँदै गरेको लु.प्र.०१–००१ख ०२४१ नम्बरको फोर्स गाडीमा १४ जना यात्रु सवार थिए। दुर्घटनामा दार्मा गाउँपालिका–५ का ३३ वर्षीय बुद्धिमान केसी, ६१ वर्षीया रत्न कुमारी वली, र ५० वर्षीया टेक कुमारी वली घाइते भएका छन्।

घाइतेहरूको जिल्ला अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *