दाङको तुलसीपुरबाट गत असोज २३ गते मोटरसाइकल चोरी भएको थियो ।
तुलसीपुरको TVS सोरुम दक्षिण फिल्डबाट करिव ९/१० बजेको समयमा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर ६ रजौराका गणेश लामिछानेको नीलो कालो रंगको रा ३ प ३२११ नम्बरको पल्सर बाईक हराएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य बहादुर रानाले जानकारी दिनु भएको छ ।
उक्त बाइक अहिलेसम्म पनि फेला पर्न नसकेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उक्त मोटरसाइकल कतै /कुनै ठाऊमा देखेमा वा फेला पारेमा तुलसीपुर ईलाका प्रहरी कार्यलय तुलसीपुर तथा ९८४२६६४४१२ ,९७०६४८६९८४,९७६९२६३२८४ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नु भएको छ । यता प्रहरीले पनि मोटरसाइलको खोजीकार्य जारी राखेको जनाएको छ ।
भने उत्त मोटरसाइकल फेला पार्नु हुने मानुभाव लाई उचित पुरस्कारको व्यवस्था गरिएको बाइक धनी गणेश लामिछानेको बताएका छन्।
उनका अनुसार, खबर गर्ने व्यक्तिको नाम र पहिचान गोप्य राखिने प्रहरीले बताएको छ ।
