July 13, 2026


दाङ, भदौ १८ । दाङको घोराही उपमहानगरपालिका वडा न १५ काठेकोलमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुरमा डिप्लोमा तह सूचना प्रबिधि बिषय अध्ययन पूरा गरेका विद्यार्थीहरुको बिदाई गरिएको छ ।
विद्यालयले घोराही स्थित होटल माला इन मा एक कार्यक्रमको आयोजना गरि आज बुधबार विद्यार्थीहरुको बिदाई गरेको हो ।
पाचौ सेमेष्टरका विद्यार्थी पवन गोराथोकिको सभापतित्व एवं विद्यालयका प्रीन्सिपल बसन्ता पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रम बिदाई भएर जान लागेका विद्यार्थीहरुलाई टीका खादा र मायाको चिनो प्रदान गरिएको थियो ।


कार्यक्रम बोल्ने बक्ताहरुले बिदाई भएर जाने लागेका विद्यार्थीलाई थप अध्ययन गरि असल नागरिक बन्न शुभकामना दिएका थिए ।
विद्यार्थी रन्जित कवरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा डिप्लोमा तह सूचना प्रबिधि कार्यक्रमका संयोजक हेमराज शर्मा, शिक्षकहरू यम डागी, सुरेन्द्र रिजाल, आराधना सिङ ठकुरी, शान्ती थापा, निश्चल शर्मा, रामप्रसाद पार्धे, राजीव बस्नेत बिदाई भएर जाने विद्यार्थीका तर्फबाट पारश न्यौपाने र पुष्पा घर्ती मगर लगाएका मन्तब्री व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण विद्यार्थी दिपक वलिले गर्नु भएको थियो ।सो अवसरमा विद्यार्थीहरु विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सरस्वती माध्यमिक विद्यालय भरतपुरमा डिप्लोमा तह सूचना प्रबिधि बिषयमा पाचौं ब्याच पूरा भैसकेको छ । विद्यालयमा अहिले तीन वर्ष डिप्लोमा तह सूचना प्रबिधि र २४ महिने निशुल्क आई टि र बाल बिकास सहजकर्ता कार्यक्रम संचालनमा रहेको छ ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *