July 13, 2026

दाङ, साउन ११
वाइसीएल नेपाल दाङले प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापन पत्र बुझाएको छ। संगठनका केन्द्रीय उपमहासचिव वीरेन्द्र बिकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्लाका किसानहरूलाई परेको मल अभावबारे गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरिएको हो ।

ज्ञापन पत्रमा सरकार मल आपूर्तिमा असफल भएको, पहुँचको आधारमा वितरण गरिएको तथा दलाल र बिचौलिया मार्फत कालोबजारी बढेको आरोप लगाइएको छ। यस्ता समस्याले लाखौं किसानहरू गम्भीर मर्कामा परेको भन्दै तत्काल समाधानको माग गरिएको छ। यदि चाँडै मल आपूर्ति नभए देशव्यापी आन्दोलन गर्ने वाइसीएलले चेतावनी दिएको छ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *