July 13, 2026

Oplus_0

दाङको तुल्सीपुरमा रहेको  श्री ब्याङ्कटेश लक्ष्मीनारायण मन्दिरमा झुला महोत्सव तथा श्रृङ्गारीक महाआरती हुने भएको छ।

आज मन्दिर व्यवस्थापन समितिका केसबाआर्य ( सुर्यपाकी)को अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।  

विभिन्न समयमा धार्मिक कार्यक्रममा गर्दै आएको यस मन्दिरले साउन १७ गतेदेखि २४ गतेसम्म झुला महोत्सव तथा श्रृङ्गारिक महाआरती गर्ने भएको छ ।

बैठकमा सञ्चालक समिति, आजवीन सदस्य र सल्लाहकारको उपस्थिति रहेको थियो।
साथै  मन्दिरमा पौने १ लाख बराबरका शृङ्गारिक महारथी सामग्री खरिद गरेको छ।

आफ्नो कोषमा रहेको पैसाले उक्त सामग्री खरिद गरिएको छ ।

महाआरतिको समाग्री ल्याउन मन्दिर ब्यबस्थापन समितिका सहसचिव भारतको बनारस पुगेका थिए ।
यता मन्दिर व्यवस्थापन पनि अहिले निकै राम्रो बन्दै गएको छ।

साथै यसभन्दा अगाडि भएका धार्मिक कार्यक्रममा उठेको रकम यसै मन्दिरको नाममा रहेको बैंकको खातामा जम्मा गरिएको पनि जानकारी
दिएको छ ।

अब हुने झुला महोत्सवमा पनि पहिले जस्तै दर्शकको पाउने आशा रहेको मन्दिरका मठादिश स्वामी केशवाआचार्य सुर्यपाकीले जानकारी दिनुभएको छ।
झुला महोत्सव गर्ने विषयमा बृहत  छलफल असार २७ गते हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *