July 13, 2026

{"data":{"pictureId":"6c009c806a6d408f8ec0de7c3a367469","appversion":"2.5.0","stickerId":"","filterId":"","infoStickerId":"","imageEffectId":"","playId":"","activityName":"","os":"android","product":"retouch","exportType":"image_export","editType":"image_edit"},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"source_type":"vicut","client_key":"aw889s25wozf8s7e","picture_template_id":""}"}

दंगीशरण जेष्ठ ५ पछिल्लो समय नसर्ने रोगले महामारीको रुप लिइरहेका वेला दंगीशरण गाउँपालिका वडा न १ ले बजेटनै बिनियोजन गरेर आफ्नो वडाका बिभिन्न टोलका अगुवा तथा नागरीकहरुका लागि नसर्ने रोगहरुको वारेमा जनचेतनामुलक कार्यक्रम गरेकोहो । हरेक बस्तुमा रासायनिक तथा बिषादियुक्त खानपानले नागरीकहरु नसर्ने रोगको सिकार हुन नपरोस भन्ने उदेस्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरीएको वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले बताएकाछन ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले मानिसको खानपन र जिबनशैलिका कारण नसर्नेरोगले जरा गाडेको बताएकाछन ।अध्यक्ष गिरीले नसर्ने रोगबाट बच्ने एकमात्र उपाए योग,ध्यान,र प्रणायाम रहेको बताएकाछ्न ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले आफ्नो स्थानियतहका नागरीकलाइ स्वस्थ राख्न आफु निर्वाचित भएर आयपस्चात १४ वटा योग कक्षाहरु सन्चालनमा रहेको र ८ वटा योगहलहरु निर्माण सम्पन्न गरीसकेको जानकारीदिए ।

अभिमुखिकरण कार्यक्रम दंगीशरण गाउँपालिका वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा भएकोथियो ।आधारभुत स्वास्थ्य चौकि रामपुरका सिनियर अनमि सुन्धारा शर्माको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण अधारभुत स्वास्थ्यकेन्द्र रामपुरका प्रमुख दामोदर शर्माले गरेकाथिय ।

About The Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *